पाँचखालमा अलपत्र परेका हवाई यात्रुलाई स्थानीयले खुवाए खाना

जनपत्र
१ आश्विन २०७६, बुधबार ०७:२०

मौसम खराबीका कारण काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गराइएको ७ वटा हेलिकप्टरमा रहेका यात्रुलाई स्थानीयले खाना खुवाएका छन् । लुक्लाबाट काठमाण्डौ आएको मनाङ, सिम्रिक र कैलाश एअरको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक रुपमा काभ्रेको पाँचखालस्थित धानबारीमा अवतरण गर्नु परेको थियो ।

धानबारीमा अवतरण गर्नु पर्दा अलपत्र परेका यात्रुहरुलाई पाँचखाल नगरपालिका(२ तिनकुनेका महेश आचार्य र हर्सेका साधुराम सापकोटाले खानको व्यवस्था गरेको वडा अध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो । मौसममा अझै सुधार नआएकाले हेलिकप्टर अझै उड्न सकेको छैन । सिम्रिक एअरको हेलिकप्टर उडाउन खोजे पनी नसकेपछि फेरि पाँचखालकै ढुङ्गानाबेसीमा अवतरण भएको छ । मौसम सुधार नभए नगरपालिकाले गाडीको व्यवस्था गरी पर्यटकलाई काठमाण्डाै पठाउने तयारी भएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*