स्थानीय तह र प्रदेश सरकारले राम्रो काम गरे मात्र संघियताले सफलता गर्छ–मन्त्री जमकट्टेल

हेटौंंडा । प्रदेश ३ का मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले स्थानीय तह र प्रदेश सरकारले राम्रो संग काम गरेमा मात्र मुलुकमा संघियताले सफलता प्राप्त गर्ने वताउनुभएको छ । प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा ‘‘प्रदेश सरकारको पहिचान निःशुल्क कानूनी जनसहायता’’ भन्ने नाराका साथ कानूनी सहजकर्ताका लागि दोस्रो चरणमा दिइएको तालिमका अवसरमा बोल्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।
प्रदेशको आन्तरिक मामिला मन्त्रालयले चार वटा कार्यक्रम स्थानीय तह संग सहकार्य गरेर गर्न लागेको उहाँले वताउनुभयो । जनताको अपेक्षा धेरै भएकाले त्यस अनुसार काम गरेर अगाडी वढ्नुपर्ने उहाँले वताउनुभयो । व्यवस्था बदलिएपनि आचरण र काम गर्ने शैली परिवर्तन हुन नसकेकाले जनता असन्तुष्ट हुँदै गएको मन्त्री जमकट्टेलले वताउनुभयो ।
स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले जनताको असन्तुष्टि हटाउँने गरी नयाँ शैलीका साथ कार्यसम्पादनमा लाग्न पनि सहजकर्तालाई निर्देशन दिनुभयो । मन्त्री जमरकट्टेलले भन्नुभयो,‘अशिक्षित, दुखी, गरिब र असाहय जनताहरुले कानूनी तथा अन्य सरकारी सेवा सुविधा प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रियाहरुमा सहजीकरण गरिदिनु होला ।’
सहजकर्ताहरुलाई उनले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसंग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्य न्यायधिवक्ता ओम प्रसाद थपलीयाले न्यायीक कामलाई राम्रो संग गर्नका लागि निर्देशन दिनुभयो । स्थानीय तहमा न्यायलाई प्रभावकारी बनाउन सहजकर्ताको भुमिका महत्वपूर्ण हुने उहाँले वताउनुभयो ।
थपलियाले स्थानीय तहको न्यायिक समितिहरुले गरेका निर्णयहरुका कारण समाजमा सौहार्दता छाएको बताउनुभयो । दुईदिने कार्यक्रममा थपलीयाले पनि सहजीकरण गर्नुहुने छ । प्रदेशका विभिन्न ७ वटा जिल्लाका ५७ जना कानूनी सहजकर्ताहरु तथा स्थानीय तहका ५७ जना उपप्रमूखहरु ७ जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमूखहरुको सहभागिता रहेको छ ।