मकवानपुरमा सहकारी बिगत देखि वर्तमानः श्रीमानको गाली गौलच देखि सेनाको व्यारेक सम्म

गाउँबाट सहकारीको बैठक वस्नका लागि ६ घण्टाको पैदल हिडेर आएका हामीलाई पसलकोे पेटीमा पनि वस्न दिइएन ।
भगवती पुणासैनी
३१ भाद्र २०७६, मंगलवार ०७:१६

मकवानपुरमा सहकारीको निकै कठिन यात्रा पछी अहिलेको अवस्थामा आईपुगेको छ । जिल्लाका तत्कालिन गाबिसहरुमा सहकारीको अभियान फैलियो । त्यसैमा हालिे पनि सहकारी खोल्यौ । सहकारीमा गाउँका महिलाहरु जम्मा भएर थोरै रकमबाट बचत पनि सुरु ग¥यौ । अहिले सबै गाउँका सहकारीले बचत गर्ने र ऋण परिचालनको कामले थोरै ऋण लिनका लागि पनि बैक सम्म धाउनुपर्ने बाध्यता अहिले हटेको छ ।
अहिले राधा सिंतान सम्मको पदमा आईपुग्नका लागि हामिले निकै कठिनाई भोगेका छौ । त्यती बेलाको कठिनाई भोग्ने हामिलाई थाहा छ । अनी देख्नेलाई पनि । अहिले सहकारी यतैका धेरै सवल र सक्षम देखिन्छ । तर, त्यस भन्दा पहिले हामिले गरेका संघर्षलाई सम्झदै राधाजीलाई धेरै धेरै बधाई दिन चाहन्छु । तपाईलाई देखेर असाध्य खुसी लागेको छ । तपाँईको यो रफतार नथाकी शिखरमा पुगोस । त्यसका लागि शुभकामना छ ।

बिगतमा हामी सहकारीमा आवद्ध हुँदा भोग्नु परेको पीडा

सहकारी अहिलेको अवस्थामा पुग्दा म निकै खुसी संगै आज मलाई हाम्रो अभियानको विगतका कुरा स्मरण गराउनु भयो सायद तपाँईलाई पनि त्यस्तै भैरहेको होला । जति बेला हामी संचार माध्यमबाट टाढा थियौं । तीन महिना अगाडि नै तोकेको त्रैमाशिक बैठकमा विकट गाउँदेखी ५ ,६ घण्टाको बाटो दुधे बच्चा च्यापेर दिदी बहिनी हेटौडा झरिन्थ्यो ।

एक पटक यस्तै भदौ महिनाको झिम् झिमे झरीमा हामी ईपा, कोगटे, बुढिचौर, ठिगन लगायत दुर्गम गाउँ देखि काखमा दुधेबच्चा च्यापेर हेटौंडा आईपुग्यौं । बैठक बस्ने कुनै छुटै व्यवस्था थिएन । प्लान अफिसमै बसिन्थ्यो त्यो दिन प्लान अफिसको गेटमै बढे ताला ठोकेर सबै विदामा जानू भएछ । हामीलाई के थाहा ?

पसलको पेटीमा सहकारीको बैठक पनि बस्न दिइएन

सहकारीको बैठक वस्नका लागि हामी टाढाबाट शहर हेटौंडा आयौ । यहाँ आएपछी हामी रुल्ल टुल्ल परेर पसलको पेटीमैै भएनी विना माईनेट छलफल गरेर विदा हुने जमर्काे गर्दै थियौं । हामीलाई शहरका साउजिहरुले याँ हैन उता जानू उता भन्दै बस्नै दिएनन् । हामीलाई अर्काको पसल अगाडी बैठक बस्न नदिएको त्यो दिन सम्झदा अझै मलाई कहाली लागेर आएको छ । हामी त्यत्तिकै आ–आफ्नो घर फर्क्यौ । खै थाहा भएन त्यति टाढा बाट पैदल हिड्दै आउने दिदी बहिनीहरुले के खानु भयो ? कहाँ बस्नु भयो ? कुन बेला कसरी घर पुग्नु भयो ?

पछिल्लो बैठकमा हामीले प्लानसंग आँटका साथ एउटा बैठक कोठा सहित एकजना निरन्तर रहने गरी कर्मचारी र कार्यालय व्यवस्था नभए सम्म हामी आउदैनौ भनेर त्यो दिनको पीडा सुनायौ । त्यति बेला २०५६ मा हामीले तपाँईलाई भेट्दा तपाँईको सकृयता र क्षमतालाई देखेर हाम्रो अभियानको सहयात्री राधा सिंतान भनेर रोज्यौ सायद तपाँले पनि विर्सनु भएको छैन होला हैन त ?

सहकारीको जग, पिल्लर, रड र इट्टा बन्यौ

२००५६ साल देखि यस्तै अनेकौ पीडा र संघर्षमा साथ दिने तपाईं मकवानपुरे महिला सहकारीको एउटा बलियो पिल्लर हुनुहुन्छ राधा जी ! तपाईं र हामी भएर कोही जग बन्यौ । कोही पिल्लर बन्यौ । धेरै धेरै साथिहरु ईटा र रड बन्नुु भयो । अनि आफ्नो शक्ति र संघर्षलाई मिलाएर कहिल्यै नचुहिने छाना बनायौं र पो यो अभियान सफल बनाएका छौं । अभियन्ता सबै साथिहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

आफ्नो स्वआर्जन नहुदा र श्रीमानले यो अभियानको विश्वसनीय नगर्दा महिलालाई ५ रुपैयाँ जम्मा गर्नपनि निकै कठिन हुन्थ्यो । हामी १० र २० जनाले जिल्ला सम्म नेतृत्व गरि रहँदा गाउँका समूह, सहकारीहरुमा नेतृत्व गर्ने दिदी बहिनीले पनि कम्ती चुनौती सहेका थिनन् । घर भडुवा, गाउँ भडुवा बुहारीको मर्यादामा नबसेका आदी आदीले हैरान बनाउथे । सहकारीको अभियानमा हिड्दा श्रीमानको गाली खाएका कुरा धेरैले सुनाउँथे । हामी सबै त्यती बेला धैर्य ग¥यौ । अनी पो सहकारी यो अवस्थामा आईपुगेको छ ।

हामीले सहकारी संगै सामाजिक अभियान लाने विचार गर्याै जहाँ हामीलाई तालिम गोष्टि र अवलोकन भ्रमणहरुमा हिड्दा बुहारीहरु स्वतन्त्र भए गाउँ विगारे भन्ने आरोप चिर्नै पर्थ्यो र हाम्रो जिल्ला स्तरीय संजाल चलाउनै पर्थ्यो जिल्ला संघ बनाउन प्राविधिक समस्या भएपछि त्यसका लागी सामाजिक संस्था ग्रामिण महिला सेवा केन्द्र स्थापनाका लागि हामीले भोगेका त्यो दर्दनाक प्रशासनिक पीडाको पनि सम्झना आउँछ नै ।

सहकारीको संस्था बनाउँदा माओबादी गठन भएको भन्दै सेनालाई बयान

मकवानपुरमा १० वर्षे चर्काे द्वन्दकालको संघारमा हामी समूह सहकारी प्रभावकारी बन्दै गएका थिए । सहकारीको अभियान कतै रोकिएन । सहकारी विस्तार गर्दै जिल्ला स्तरीय संस्था बनाउन खोज्दैै थियौ । त्यसै अभियानमा मओवादी क्रान्तिकारी महिला संगठन बनएको भनेर म र मेरा समुहका दिदी बहिनी ७ जनालाई अनुसंन्धानका लागि भन्दै सुपारेटार व्यारेकमा झिकाएको थियो । अनी संस्था खोलेको भनेर बयान लिईयो । त्यही कुरा प्रशासनमा पुर्याएर हामीलाई खुबै दुख दिए । मेरै अध्यक्षतामा संस्था दर्ता प्रकृया भएर पनि धेरै दुख दियो । दिन दिनै बोलाएर काम नगर्दिने भोली भोली भनेर हैरान दिने गर्दा तपाँइकी जेठी छोरीले पनि गर्भै देखि हाम्रो अभियानको मर्म, पीडा सबै बुझेकी छन जस्तो लाग्छ ।

सहकारीकै कारण मकवानपुरका स्थानीय तहमा महिला उपप्रमुख

हामीलाई जति पीडा भएपनि जति भनाई खाएपनी हातको हतकडी र गोडाका फलामे नेलकडी भन्दा बलिया पारिवारीक र सामाजिक बन्धन चुडाल्दै, कुरिती र कुसंस्कारको घुम्टो उघार्दै हजारौ अप्ठेरा जंघारहरु तर्दै, हजारौ हजार काँडेबारहरु फाँड्दै आज यो सफलता सम्म आई पुगेका छौं । समूह सहकारी हुँदै अहिले हामी राज्यको पुन संरचना अनुुरुप स्थानिय तहको वडा सदस्य र ८ वटा पालिकामा उपाध्यक्ष र जिल्ला समन्वय समिती उपप्रमुख सम्म पुग्न सफल भयौं मकवानपुरे सहकारी नेतृत्वको यो पनि प्रमुख सफलता हो ।

घरबाट समाजमा निस्कनु भनेको फलामका चिउरा चपाउनु जत्तिकै कठिन

पितृ सत्ताले जरो गाढेको समाजमा आज भन्दा २० वर्ष अगाडि गाउँका महिला निरन्तर घर छोडेर (निशुल्क ) सेवाका लागि लड्नु भनेको फलामका चिउरा चपाउनु जत्तिकै कठिन थियो । तर, हामी एक्लै रुन्थ्यौ । फेरि आँसु पुछ्थै त्यै बाटो हिड्न छोडेनौ । कसैलाई श्रीमानले घर छोड भनेछन । तर, तिमी पनि छोड््िदन, सहकारी पनि छोड्दिन भनेर लागेकै कारण यो सफलतामा पुग्न सक्यौं । यसका लागि प्लान नेपाललाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

जति बेला हामी दुर्गम र विकट गाउँमा घरपरिवार चुलो र चौकामा सिमीत थियौं । हाम्रा सुख, दुखका साथी तिनै घाँसे बनका चरी मात्र थिए । आफ्ना दुख सुखका वेदना पोख्ने ठाउँ नहुदा हामीलाई संगठित बन्न सहयोग पुर्याउने सबै धन्यवादका पात्र हुनुहुन्छ । यो सबै अप्ठेरोमा नथाकी, नलत्री, नझुकी कुनै लाभको आशा नगरी लागेकै कारण यहाँ सम्म हामी आईपुग्यौ । (जनपत्रका लेखक जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*