थाहा नगरमा सबल कार्यक्रमको समिक्षा, समापन तथा हस्तान्तरण

हेटौंडा । सामुदायिक विकास केन्द्र नेपाल सिसिडिएनको आयोजनामा मकवानपुरको थाहा नगरपालिका कार्यालय पालुङमा सबल कार्यक्रमको समिक्षा, समापन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको सभापतित्वमा भएको कार्यक्रममा थाहा नगरका उपप्रमुख खड्क बहादुर गोपाली, वडा अध्यक्षहरु राजेश केसी किरण मान बल मानबहादुर स्याङ्तान सबलका अर्विन्द्र कुमार यादव थाहा नगरका विषयगत शाखाका प्रमुखहरू, सिसिडिएन सबलले तयार गरेको प्रस्तुतिकरण सबलका कार्यक्रम संयोजक नवराज थापाले प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सिसिडिएनका उपाध्यक्ष वृष बहादुर खड्का ले नगर प्रमुख विष्ट लाई सबलले तयार पारेको दस्तावेज र संस्थाको तर्फबाट सम्मान पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख विष्टले हस्तानतरण गरेको दस्तावेजको संरक्षण गर्दै त्यस्ता कार्यक्रमहरूका उपलब्धि हरुलाई अगाडि बढाउने जिम्वेवारी नगरपालिकाको काधमा आएको बताउनु भयो । सबल कार्यक्रम अन्तर्गत थाहाका ७, ८, ११ र १२ वडामा कार्यक्रम सञ्चालन गरेको थियो।