चट्याङ लागेर एक जनाको बारामा मृत्यु

जनपत्र
३१ भाद्र २०७६, मंगलवार ०६:३०

रौतहटको सिमाना संगै जोडिएको बारा जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्यांग लागेर मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ४० का प्रभु साह तेली रहेको प्रहरी प्रवक्ता डिएसपी रंजित सिह राठौरले जानकारी दिए ।
सोमवार बेलुका आफनै उखुबारीमा पंम्पीसेटबाट पानी पटाउन गएको बेला चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यसैगरी चटयाङ लागेर आर्दश कोतवाल गाँउपालिका वडा नमबर ४ कोइलीडिलका बिजय यादव घाइते भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए । मृतक साहको शव परिक्षणका लागि जिल्ला अस्पताल कलैयामा ल्याएको र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*