मलेसिया रोजगारी खुलेपछि व्यवसायी संघबाट खुसी व्यक्त

जनपत्र
३१ भाद्र २०७६, मंगलवार ०६:२८

१५ महिनापछि मलेसियाको रोजगारी नियमित भएकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खुसी व्यक्त गरेको छ ।संघले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुसी भएको जनाउँदै यसबाट व्यवसायी र रोजगारीमा जाने श्रमिकलाई राहत मिलेको उल्लेख गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै संघले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको संघले जनाएको छ । केही दिन अघि मात्रै मलेसिया र नेपाल सरकारबीच मलेसिया रोजगारी खोल्नेबारे सहमति बनेको थियो । मलेसियासँग श्रम सम्झौता भएको लामो समय बित्दा पनि रोजगारी नखुल्दा व्यवसायीहरुले श्रमिक पठाउने प्रक्रिया खोल्न सरकारलाई दबाब दिँदै आएका थिए । पछिल्लो १५ महिनासम्म मलेसिया रोजगारी बन्द हुँदा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेसिने युवाको संख्या ह्वात्तै घटेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*