झापामा श्रृंखलावद्ध बम पड्काउने विप्लव कार्यकर्ता खोज्दै प्रहरी

झापा जिल्लामा श्रृंखलाबद्ध बम विस्फोटका घटना हुन थालेपछि प्रहरीले नेपाल नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ कार्यकर्तालाई पक्राउ अभियान सुरु गरेको छ। बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सहारा नेपाल सहकारी संस्था र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा बम विस्फोटको घटनाको प्रहरीले अनुसन्धान थालेको हो । यो घटनापछि एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाले संयुक्त अभियान चलाएर विप्लव कार्यकर्ता खोजी-खोजी पक्राउ गर्न थालेका छन् ।