मकवानपुर क्याम्पसका सञ्चालक समिति र लेखा समितिका अध्यक्षको सपथ

क्याम्पसलाई नयाँ उचाइमा लैजान सबैको सहयोग आवस्क छ– अध्यक्ष पौडेल
जनपत्र
३० भाद्र २०७६, सोमबार १८:४३

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति र लेखा समितिका अध्यक्षको आज सपथ ग्रहण भएको छ । क्याम्पसको १४ सभाबाट निर्वाचित भएका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु त्यसैगरी लेखा समितिका अध्यक्षको आज सपथ ग्रहण गरिएको हो । प्रमुख निर्बाचन अधिकृत बरिष्ठ अधिवक्ता केसव प्रसाद काफ्लेले निर्वाचित सबैलाई सपथ खुवाउनु भएको हो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका नव निर्वाचित अध्यक्ष अनन्त पौडेलले क्याम्पसलाई नयाँ उचाईमा पु¥याउने वताउनुभयो । अवको दुईवर्षमा ६ वटा बिषयमा स्नाकोत्तर तह सम्म पु¥याउने वताउनुभयो । पहिलो प्राथमिकता क्याम्पस अनी मात्र आफ्ना हक हितका विषयलाई राख्नका लागि उहाँले आग्रह गर्नुभयो । प्रमुख निर्वाचन अधिकृत काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बच्चुराम अधिकारी, प्राध्यापक संघ क्याम्पस इकाईका अध्यक्ष भोजराज ढकाल, कर्मचारी संघका अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ, स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष कुमार केसी लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*