नेकपा मकवानपुरले संबिधान दिवस मनाउने
हेटौंडा । नेकपा मकवानपुरले असोज ३ गतेको संबिधान दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको छ । नेकपा मकवानपुरको आज बसेको बैठकले संबिधान दिवसको अघिल्लो दिन असोज २ गते हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा दिप प्रज्वलन गर्ने निर्णय गरिएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले वताउनुभयो ।
संबिधान दिवसको अघिल्लो दिन २ गते र ३ गते मकवानपुरका सबै घरघरमा दिपावली गरेर मनाउनका लागि आग्रह गरिएको नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले वताउनुभयो । मकवानपुर दशवटै स्थानीय तह र वडा स्तर सम्म संबिधान दिवस मनाउनका लागि पार्टीले निर्देशन दिएको र दुईदिनको कार्यक्रममा सबै पार्टीका नेता, कार्यकर्ता, सुभेछुक, आम नागरीकलाई सहभागिताको लागि आग्रह गरिएको नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठले वताउनुभयो । प्रदेश ३ सरकारले हेटौंडामा भव्य रुपमा मनाउन लागेको कार्यक्रममा सहभागि हुनका लागि पार्टीले आग्रह समेत गरेकोे छ ।
यसैगरी मकवानपुरका चार वटा स्थानीय तहका नेकपाका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउने निर्णय गरिएको अध्यक्ष सिग्देलले वताउनुभयो । असोज १ गते बागमती गाउँपालिका, असोज २ गते बकैया गाउँपालिका, असोज ४ गते गढी गाउँपालिका र असोज १० गते इन्द्रसरोवर गाउँपालिकामा सपथ कार्यक्रम गर्ने निर्णय गरिएको छ ।