अछाममा गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

जनपत्र
३० भाद्र २०७६, सोमबार ०६:२९

अछाममा रामारोशन गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार गरिएको छ। रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउँदलाई लक्षित गरि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मुजाबगरमा रहेको गाँउपालिकाको कार्यालय संगै जोडिएको निवासमा रहेका साउँदलाई लक्षित गरी साझ गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीले बताए । अध्यक्ष साउँदलाई प्रहार गरिएको पेस्तोलको गोली कोठाको कार्पेटमा लागेको थियो।

गोली प्रहार गर्ने व्यक्ती भने भागेका प्रहरीले जनाएको छ । उनीहरु कैलाश खोलामा हाम फालेको प्रहरीको भनाई छ। उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख शाहीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*