हेटौंडाको हटियामा चित्रकला प्रतियोगिता

जनपत्र
२९ भाद्र २०७६, आईतवार १८:३९

हेटौंडा । राष्ट्रिय बाल दिवसका अवसरमा सृजनशिल नेपालको आयोजनामा हेटौंडाको हटियामा चित्रकला प्रतियोगिता गरिएको छ । कारितास नेपालको सहयोगमा हेटौंडा १६, १७ र १८ नम्बर वडाका बालक्लवका ३० जनालाई सहभागि गराएर कार्यक्रम गरिएको हो । आफ्नो गाउँको सुन्दर, सफा र स्वच्छ गाउँको परिकल्पना गर्ने उदेस्यले चित्रकलामा समेटिएको थियो ।

सृजनशिल नेपालका अध्यक्ष शान्ता बरालको अध्यक्षता तथा हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बालबालिकाको सिप विकास गर्ने, बातावरण सफा राख्ने उदेस्यले कार्यक्रम गरिएको सृजनशिल नेपालका कार्यक्रम संयोजक सृजना पाठकले वताउनुभयो । प्रतियोगितामा विजयीहरुलाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*