हेटौंडा पदमपोखरीका बाल दिवसमा विद्यार्थीलाई स्वच्छता किट वितरण

जनपत्र
२९ भाद्र २०७६, आईतवार १६:५२

हेटौंडा । राष्ट्रिय बाल दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका १३ का बालबालिकालाई स्वच्छता किट वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका १३ स्थित महेन्द्र माध्यमिक विद्यालयका छ सय १८ विद्यार्थीलाई साबुन, ब्रस, मञ्जन, काईयो, तेल, टबेल लगायतका सामग्रीसहितको स्वच्छता किट प्रदान गरिएको हो ।

बाल उद्धार नेपालको आर्थिक सहयोगमा ईस्थर बेञ्जामिन स्मृती संस्था मकवानपुरले सामग्री वितरण गरेको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका १३ का अध्यक्ष मनोज वाईबाको प्रमुख आतिथ्य, ईस्थर बेञ्जामिन स्मृती संस्थाका शिक्षा कार्यक्रम अधिकृत शुभाषचन्द्र इटेनीको विशेष आतिथ्य तथा महेन्द्र माध्यमिक विद्यालयकी सदस्य बिष्णुमायाँ लामाको अध्यक्षतामा भएको थियो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका तथा मनहरी, बकैया, राक्सीराङ्ग गाउँपालिकाका सात विद्यालयका तीन हजार विद्यार्थीलाई स्वच्छता किट वितरण गरिने ईस्थर बेञ्जामिन स्मृती संस्था मकवानपुरका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्ध लामाले बताए । उनका अनुसार हेटौंडा ६ स्थित वंशगोपाल माध्यमिक विद्यालयका पाँच सय ४९ विद्यार्थीलाई स्वच्छता किट वितरण भईसकेको छ भने अन्य विद्यालयमा धमाधम वितरण गरिने छ ।

यसैबिच, हेटौंडा उपमहानगरपालिका तथा मनहरी, बकैया, राक्सीराङ्ग गाउँपालिकाका सात विद्यालयका शिक्षकहरुलाई दुई दिने व्यक्तिगत सरसफाई तालिम पनि प्रदान गरिने संस्थाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*