भारतमा दुई नेपाली कामदारको मृत्यु

जनपत्र
२९ भाद्र २०७६, आईतवार ०६:२६

रोजगारीको सिलसिलामा भारतको पंजाब राज्यस्थित भटिन्डा सहर पुगेका दुई नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

बिहीबार राति करीब १० बजेतिर भएको दुर्घटनामा परेका उनीहरुको स्थानिय सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी गाविस ३ का ३५ वर्षीय किशन बहादुर र सितगंगा नगरपालिकाका ३२ वर्षीय विष्णु बहादुर रहेको अखिल भारतीय नेपाली एकता मञ्चका पंजाब सदस्य गोपाल रेश्मीले जानकारी गराएका छन् ।

मोटरसाइकलमा सवार दुई युवाहरु भटिण्डाबाट मण्डी चौपायातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । स्थानीय पेट्रोल पम्पमा साढे नौ बजे उनीहरु पेट्रोल भराएर निस्किएपछि दुर्घटनामा परेको पम्पका कर्मचारीले दिएको जानकारी उद्धृत गर्दै रेश्मीले भने । दुर्घटनापछि स्थानीय ‘जनसेवा सारा’भन्ने एक संस्थाका स्वंयसेवीहरुले उनीहरुलाई अस्पताल पुर्‍याएका थिए ।

मृतकमध्ये एक स्थानीय होटलमा र अर्का ढावामा कुकको काम गर्ने गरेको बुझिएको छ । उनीहरुको शव अहिले स्थानीय अस्पतालमै राखिएको छ । आफन्त आएपछि मात्रै पोष्टमार्टम गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*