एक घण्टा जहाज कुराएको भन्दै यात्रुहरुले मन्त्री योगेशलाई पारे र्याखर्याख्ती

नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्। मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्रीविरूद्ध जहाजमै नाराबाजी गरेका हुन्।
बुद्ध एयरको जहाज नेपालगञ्जबाट ६स्२५ मा उड्ने तालिका थियो। यात्रुहरूले मन्त्रीकै कारण ुडिलेु भएको आरोप लगाउँदै नाराबाजी गरेको भिडिओ सार्वजनिक भएको छ। उक्त भिडिओमा निकै आक्रोशित देखिएका यात्रुहरूले मन्त्रीसँग सवाल पनि गरेका छन्। ुतपाईंप्रति हाम्रो विश्वास थियो। प्रधानमन्त्री आउँदा पनि हामीले नै दुःख पाउने। आश गरिएका युवा मन्त्री आउँदा पनि हामीले नै सास्ती पाउने। यो कस्तो व्यवस्था होरुु आक्रोशित यात्रुहरूले मन्त्रीसमक्ष बोलेका छन्।