काठमाण्डाै उपत्यकाका यी क्षेत्रमा भाेलिदेखि शनिवारसम्म ६ घण्टा बिजुली कटाैती हुने

जनपत्र
४ बैशाख २०८१, मंगलवार १२:३६

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा भोलि बुधवारदेखि वैशाख ८ गते शनिवारसम्म छ घण्टा बिजुली कटौती हुने भएको छ ।

विद्युत् प्राधिकरणले आज सूचना निकालेर स्युचाटारदेखि बालाजु सबस्टेशनसम्म रहेको १ सय ३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई बदल्ने र मर्मतको काम गर्न लागेको जनाएको छ । प्राधिकरणले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली नआउने जानकारी दिएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीता पाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचगु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक क्षेत्र, सानो भर्‍याङ, ठूलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गे धारा, क्लब घर र बालाजु सबस्टेशन पछाडि तरकारी बजार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*