सुन तोलामा ७ सय बढ्यो

जनपत्र
३ बैशाख २०८१, सोमबार १३:४१

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*