मकवानपुरका गाउँ–गाउँमा बिद्यार्थी खोज्दै सामुदायिक बिद्यालयका शिक्षक

हेटौंडा । मकवानपुरका गाउँ–गाउँमा बिद्यार्थी खोज्दै हिड्नुपर्ने बाध्यता बढेको छ । शैक्षिकसत्र सुरु भएपछी जिल्लाका दश वटै स्थानीय तहका सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या बढाउनका लागि बिद्यार्थी खोज्नुपर्ने अभियानमा शिक्षकहरु लागेका छन् । पछील्लो समय मकवानपुरका बिकट गाउँहरुबाट बेसीतिर र सदरमुकाम हेटौंडामा बसाइ सर्नेहरु बढ्न थालेपछी पहाडी क्षेत्रका बिद्यालयहरुमा बिद्यार्थी कम हुन थालेपछी बिद्यार्थी खोज्नुपर्ने भएको शिक्षकहरु बताउँछन् ।
मकवानपुर जिल्लाका सामुदायिक विद्यालयले आइतबारबाट विद्यार्थी भर्ना अभियान थालेका छन् । नयाँ शैक्षिक सत्र २०८१ का लागि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न भर्ना अभियान थालिएको हो । विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न अभियान सुरु गरेको शिक्षकहरु बताउँछन् । हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुले नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु गरेका छन् । यहाँ प्राथमिक तहमा बिद्यार्थी कम भएपनि माध्यमिक तहमा भने बिद्यार्थी प्रर्याप्त रहेका छन् । पछील्लो समयमा पढाइको गुणस्तरमा पनि सुधार भएको उपमहानगरपालिकाले जनाएको छ ।
आधारभूत तहमा बिद्यार्थी कम भएकाले बिद्यार्थी खोज्न घरघरमा पुग्नुपरेको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ मा रहेको बाल्ज्योती आधारभूत बिद्यालयका प्रधानध्यापक गिता तिमल्सीना बताउनुहुन्छ । पहिलेका वर्षको तुलनामा मकवानपुरको दश वटै स्थानीय तहमा सामुदायिक बिद्यालयमा बिद्यार्थीको चाप कम छ । हेटौंडामा भने प्राथमिक तहमा बिद्यार्थी कम भएपनि माध्यमिक तहमा भने बिद्यार्थी धेरैनै रहेका छन् । हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालय, भाधुनिक राष्ट्रिय माध्यमिक बिद्यालय, लगायतका केही उत्कृष्ट बिद्यालयले भने आएका बिद्यार्थी पनि कक्षा कोठा र शिक्षक कम भएकाले फर्काउनुपर्ने बाध्यता रहेको छ ।