इरानी आक्रमणविरुद्ध इजरायलको रक्षामा उत्रिए अमेरिका र बेलायत

काठमाडौं । इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ ।
सीबीएस न्यूजसँग कुरा गर्दै दुई अमेरिकी अधिकारीले अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जिकिर गरेका छन् । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने नखुलाइएको बीबीसीले लेखेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
उता, बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको बीबीसीले लेखेको छ । बेलायतको रक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ।