शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उपयोगितासंग जोड्नुपर्छः शिक्षामन्त्री पोखरेल

हेटौंडा । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक संस्था सिकाई केन्द्रित बनाई शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उपयोगितासंग जोडेर हिड्नुपर्ने बताउनु भएको छ ।
नेकपा पार्टी कार्यालय हेटौडामा आज साँझ भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्रि पोखरेलले मकवानपुरको चित्लाङमा २ वर्ष भित्र पिएचडि सम्मको अध्यापन हुने मदन भण्डारि साइन्स एण्ड टेक्नोलोजि विश्वविद्यालय बनाउने घोषणा गर्नुभयो ।
हाल देशमा ३६ हजार शिक्षकको आवस्यकता रहेको जानकारी गराउदै मन्त्री पोखरेलले भन्नुभयो– ुविश्वविधालयहरूको ऐेन संशोधन नभएसम्म शिक्षा नीति टुङ्ग्याउन समस्या छ ।
मन्त्रि पोखरेलले अवको केही समयमै पार्टी भित्र सहमतिको पद्दतिको आधारमा महाधिवेशन गर्ने तयारी रहेको भन्दै पार्टिलाई व्यवस्थित गर्न सकिएन भने वामपन्थि धेरै समय नटिक्ने बताउनु भयो । प्रणालिगत ढंगबाट अगाडि वढ्ने हो भने मात्र पार्टीलाई टिकाउन सकिने उहाँको भनाई छ ।
पार्टिलाई व्यवस्थित गर्दै वस्तुगत धरातलमा देखिएका विषयलाई अध्ययन गरि अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै मन्त्री पोखरेलले समाजमा हाल हरेक क्षेत्रमा नकारात्मक कुराहरू मात्र बढि हुने गरेको र कोहि पनि सन्तुष्ट नभएको अवस्थामा पार्टि भित्रको अन्तर संघर्षको साधनको रूपमा सोसल मिडियालाई प्रयोग गर्न नहुने बताउनुभयो ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडा, अर्का केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा मकवानपुरका नेता बद्री लंसाल, जिल्ला समन्वय समिति मकवापनुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, नेकपा मकवानपुरका कार्यालय टिमका नेता एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।
शिक्षामन्त्री पोखरेल मकवानपुरका २ वटा विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी हुन हेटौडा आउन भएको हो । उहाँ नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन भोलि बिहान ८ बजे कैंलाश गाउँपालिकाको नामटार पुग्नुहुने कार्यक्रम छ ।
त्यसपछि उहाँ प्रदेश तीनको सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने ‘सामुदायिक विद्यालयहरुको शैंक्षिक गुणस्तर सुदृढिकरण’ विषयक प्रादेशिक अन्तक्रिया कार्यक्रममा सहभागी हनुहुनेछ भने भोली दिउँसो २ बजे हेटौंडा उपमहानगरपालिका १६ हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ । छहारी नेटवर्कबाट ।