मकवानपुरका कृषि र पशुपालनमा काम गर्ने किसानलाई तालिम

जनपत्र
२७ भाद्र २०७६, शुक्रबार १९:४८

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहाँनगरपालिका र मनहरी गाउँपालिकाका कृषकहरुका लागि ३ दिने व्यावसाय बिकास तालिम दिइएको छ । नारिसिप सृजना केन्द्र नेपालको आयोजना तथा आओ इन्टरनेस्नलको साझेदारीमा मानव वेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन परियोजना अन्तरगत कार्यक्रम गरिएको हो ।

कृषि र पशुपालन गर्ने २५ जनाका लागि उनीहरुको व्यावसाय बिकासका गर्न यो तालिम दिइएको नारी सीप सृजना केन्द्र नेपालका कार्यकारी निर्देशक चिरन्जिवी पौडेलले बताउनुभयो । बिदेशमा गएर फर्किएका र जान सक्ने अवस्थामा रहेका किसानहरुका लागि आफ्नै खेतवारीमा जिवीको पार्जन गर्न सकिन्छ भन्ने उदेस्यले तालिमको आयोजना गरिएको हो । नारी सीपका उपाध्यक्ष सिता अधिकारीको अध्यक्षतामा समापन भएको तालिममा गोपीराम वलले सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*