हेटौंडा खानेपानी वोर्डमा सुरु भयो डिजीटन सूचना पार्टी

इसेवा मार्फत बिधुत महसुल तिर्न सकिने, लाइन वस्नुपर्ने समस्या हट्यो ।
जनपत्र
२७ भाद्र २०७६, शुक्रबार १३:३२

हेटौंडा । हेटौंडा खानेपानी व्यावस्थापन वोर्डको डिजीटन सूचना पार्टीको आज उद्घाटन् गरिएको छ । डिजीटल सूचना पार्टीको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो । सूचना पाटीमा प्रत्यक महिनाको आमदानी, खर्च सहित सबै खालका विवरण राखिने भएको हो ।

हेटौंडाका सबैजसो स्थानमा सबै मिलेर राम्रो काम गर्नका लागि मेयर महतले आग्रह गर्नुभएको छ । केहीदिनको जापान भ्रमणका बेलामा त्यहाँको बिकासमा सबै मिलेर गरेको उदाहरण दिदै उहाँले भन्नुभयो–‘जापानमा पहिले देश, आफ्नो जिल्ला, टोल त्यसपछी मात्र आफ्नो परिवारका निम्ति काम गर्ने चलन छ । तर, नेपालमा त्यसको ठिक उल्टो छ । पहिले आफु र आफ्नो परिवारको भावनाले कसरी बिकास गर्न सकिन्छ ?‘ विकासको काम गर्न हामिले जापानबाट पनि सिक्नुपर्छ ।

पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्टले साउन महिना देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको वताउनुभयो । बजार क्षेत्रमा पानीको समस्या नभएको उहाँले वताउनुभयो । बोर्डले डिजीटल सूचना पार्टी संगै इसेवा मार्फत पानीको महसुल भुक्तानीको काम पनि सुरु गरेको छ । अव पानीको पैसा तिर्नका लागि खानेपानी बोर्डको कार्यालयमा आउनुपर्ने वाध्यता हटेको छ । इसेवा मार्फत रकम जम्मा गर्न सकिने बोर्डले जनाएको छ ।

सडक ढलानले हेटौंडामा भूमिगत पानी घटेको दावी

कार्यक्रममा खानेपानी बोर्डका सदस्य इन्द्र प्रसाद नेपाल, कृष्ण कटुवाल, कृष्ण धिताल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बितेको आर्थिक वर्षको आमदानी खर्च र योजनाको बिवरण प्रस्तुत गर्नुभयो ।

हेटौंडामा खानेपानीको व्यवस्थापन गर्दै आएको हेटौंडा खानेपानी बोर्डले कंक्रिट सडक निर्माण र बढ्दो शहरीकरणले भूमिगत पानीको रिचार्ज प्रक्रियामा असर पुर्‍याउँदा उत्पादन घटेको बताएपछि मेयर हरिबहादुर महतले कंक्रिट सडक निर्माणको क्रम घटाइने बताएका हुन् ।

कालोपत्रे सडक टिकाउ कम हुने भएकाले कंक्रिट सडक निर्माणमा जोड दिइएकामा अब संबेदनशीलतको आधारमा कम गर्दै लैजाने उनले बताए ।

शहरीकरणसँग कंक्रिट प्रयोगको मात्रा अधिक भएर जमिनमा परेको पानी भित्र नजाँदा पानीको उत्पादनमा कमी आएको बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । बोर्डले सहज खानेपानी आपुर्तिका लागि हेटौंडाका बिभिन्न ठाउँमा गरेको डिपबोरिङबाट पानी निकालेको छ ।

डिपबोरिङ खन्नुपूर्व गरिएको अनुमानजति पानी नआएको उनले बताए । बोर्डले हेटौंडामा दैनिक १७ हजार १ सय ६१ धाराबाट १ करोड ३५ लाख ९२ हजार लिटर पानी वितरण गरिरहेको छ भने २ हजार १ सय १० नयाँ धारा जडानको लागि निवेदन आएको जनाएको छ ।

बोर्डको बार्षिक आम्दानी १३ करोड

हेटौंडा खानेपानी बोर्डले गत आर्थिक बर्षमा १३ करोड ४४ लाख ६३ हजार रुपियाँ आम्दानी गरेको छ । बोर्डले १० करोड ३३ लाख ९१ हजार रुपियाँ खर्च गरेको जनाएको छ ।

बोर्डले आन्तरिक आयतर्फ खानेपानी महशुल वापत ७ करोड ८७ लाख ६६ हजार, जरिवाना, नयाँधारा र मिटर जडानबाट १ करोड १६ लाख ७ हजार आम्दानी गरेको छ । बाह्यतर्फ उपमहानगरबाट सेवा विस्तारका लागि ९७ लाख ६८ हजार रुपियाँ आम्दानी गरेको छ ।

चालु खर्चमा बोर्डले कर्मचारी तलब भत्तामा २ करोड ६७ लाख ७८ हजार, सेवा सञ्चालन, बिद्युत महशुल, मर्मतमा ३ करोड ८१ लाख ७२ हजार खर्च गरेको छ भने पुँजीगतमा डिपट्युवेल सञ्चालन निर्माण, कार्यालय सामग्री खरीदमा ३ करोड ८४ लाख ४० हजार खर्च गरेको बोर्डले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*