शिक्षकको गल्तीले किशोरीको ज्यान गयो

जनपत्र
२७ भाद्र २०७६, शुक्रबार ०६:१२

केन्यामा एक जना किशोरी पर सरेको बेलामा शिक्षकले अपमान गरेपछि लज्जित महसुस गरेर आत्महत्या गरेकी छन् । १४ वर्षिया ती किशोरीले शिक्षकले अपमान गरेका कारण झुण्डिएर आत्महत्त्या गरेको उनकी आमाले बताएकी छन् ।

केन्याका सञ्चार माध्यमले जनाए अनुसार सो घटनापछि करिब २०० अभिभावक विद्यालय अगाडि प्रदर्शन गर्न गएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । केन्या सरकारले सन् २०१७मा स्कुले बालिकालाई निःशुल्क स्यानेटरी टावेल्स प्रदान गर्ने निर्णय गरेको थियो । यद्यपि सो सम्बन्धी कानुनबारे अहिले संसदीय समितिले छानबिन गरिरहेको बताइएको छ ।ती किशोरीकी आमाले जनाए अनुसार युनिफर्ममा दाग लागेकोले गएको शुक्रबार शिक्षकले फोहरी भनेका थिए । सो विद्यालय राजधानी नैरोबीबाट पश्चिममा पर्ने काबीआंगेक भन्ने स्थानमा छ । शिक्षकले उनलाई कक्षा छोड्न निर्देशन दिएको जानकारहरुले बताएका छन् ।

“प्याडको रुपमा प्रयोग गर्न उनीसँग केहीपनि थिएन । जब उनको कपडामा रगत लाग्यो उनलाई कक्षा छोड्न र बाहिर गएर उभिन भनिएको थियो” केन्याका मिडियाले उनकी आमालाई उद्धृत गर्दै जनाएका छन् । ती किशोरीले घर गएर आफूलाई के भएको थियो भन्ने बारेमा आमालाई सुनाएकी थिइन् ।जब आमा पानी लिन बाहिर गएकी थिइन् उनले त्यही बेलामा आत्महत्या गरेकी थिइन् । उनका आमा बाबुले प्रहरीमा उजुरी गरेको भएपनि प्रहरीले पनि वास्ता नगरेको बताइएको छ ।

अभिभावकहरुले गएको मंगलबार विद्यालय बाहिर प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी ५ जनालाई गिरफतार गरेको थियो । विद्यालय सोही दिनबाट बन्द गरिएको छ । क्षेत्रीय प्रहरी प्रमुख अलेक्स शिकोन्दीले किशोरीको मृत्युको घटनाको बारेमा अनुसन्धान गरिने जनाएका छन् । विद्यालयका प्रधानाध्यापकले घटनाको बारेमा कुनै कमेन्ट गर्न मानेनन् ।

संयुक्त राष्ट्र संघको सन् २०१४को रिपोर्टमा १० जनामा एक बालिका पर सरेको बेलामा सब सहारा अफ्रिकामा विद्यालयबाट बाहिर नै रहने गरेका छन् ।यही कारणले केही बालिकाले २० प्रतिशत पढाइ नै छोड्नुपर्ने अवस्था छ ।
-बीबीसी-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*