बन्द रहेको मलेसियाको रोजगारी खुल्यो, अब शून्य लागतमा जान पाइने

जनपत्र
२७ भाद्र २०७६, शुक्रबार ०६:०८

१५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारीको ढोका खुलेको छ । नेपाल र मलेसियाका प्राविधिक टोलीको बैठकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएसँगै मलेसियाको रोजगारीको ढोका खुलेको हो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण भने पुरानै ३६ वटा स्वास्थ्य संस्थाले गर्ने भएका छन् । सरकारले सूचीकृत गरेका १ सय २२ मध्ये तत्काललाई ३६ स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि मान्यता दिने र बाँकी स्वास्थ्य संस्थाको अनुगमन पनि मलेसियाले छिटै गर्ने सहमति भएको नेपाली टोलीको नेतृत्वकर्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*