बागमती प्रदेश सरकारले पायो पूर्णता, एमालेका चार जना मन्त्रीद्वारा सपथग्रहण

जनपत्र
२० चैत्र २०८०, मंगलवार १८:११

हेटौंडा । बागमती प्रदेशमा सरकारले पूर्णता प्राप्त गरेको छ । तेस्रो पटक प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेसंगै प्रदेश सरकारले आजबाट पूर्णता प्राप्त गरेको छ । आज साँझ मात्र नेकपा एमालेका तर्फबाट चार जना मन्त्रीहरुले सपथग्रहण गरेसंगै सरकारले पूर्णता प्राप्त गरेको हो ।

प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठले सपथग्रहण गर्नु भएको हो । चारै जना मन्त्रीहरुलाई प्रदेश प्रमुख यादब चन्द्र शर्माले सपथग्रहण गराउनुभयो ।

नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिएको हो । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त हुनुभएको थियो ।

कांग्रेसले छोडेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य नियुक्त हुनु भएको छ । प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि सांसद रहेका प्रकाश पहिलोपटक मन्त्री हुनु भएको हो ।

रामेश्वर श्रेष्ठ यसअघि पनि स्वास्थ्य मन्त्री हुनुहुन्थयो । पोख्रेल कृषि तथा पशुपन्छी विकासमन्त्री र एकालाल श्रम, रोजगार तथा यातायातमन्त्री हुनुहुन्थ्यो । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो । अहिले पून सरकारमा सहभागि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*