हेटौंडामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

जनपत्र
२० चैत्र २०८०, मंगलवार ११:१७

हेटौंडा । आज ६७ औँ राष्ट्रिय सहकारी दिवस, हेटौंडामा र्याली र सभा कार्यक्रम गरी यो दिवस मनाइँएको छ । सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ नाराका साथ यसवर्ष सहकारी दिवस मनाएको हो ।

मकवानपुरका गाउँ गाउँ र हेटौंडाका बिभीन्न वडाबाट आफ्ना सहकारी संस्थाका व्यानर सहित निस्किएका सहकारीकर्मीहरुले हेटौंडा बजारमा बाजा बजाउँदै सहकारीका पक्षमा नारा लगाएर र्याली निकालेका छन् । र्यालीले हेटौंडा बजारको परिक्रमा गरेर हेटौंडाको रोयल पार्टी प्यालेसमा सभामा परिणत भएको थियो ।

कार्यक्रमको उद्घाटन् गर्दे बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बर्जाचार्यले सहकारीका पक्षमा एक जुट भएर लाग्न आग्रह गर्नुभयो । अब आफुपनि हकारी क्षेत्रको विकासको पक्षमा लाग्ने उहाँले बताउनुभयो । केही थोरै सहकारीको बदनामीका कारण समस्या भइरहेको र राम्रा सहकारी ९९ प्रतिशत रहेकाले सहकारीहरु आफै पनि एक जुट हुन जरुरी रहेको बताउनुभयो ।

सहकारी क्षेत्रकै कारण देशको अर्थतन्त्र बलियो भएको र सहकारी क्षेत्रलाई बलियो बनाउनका लागि लागिपर्नुपर्ने उहाँले बताउनुभयो । बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीका क्षेत्रमा यस प्रदेशमा मात्र ५१ अरब रुपैयाँ शेयरपुँजी रहेको बताउनुभयो ।

यस क्षेत्रका सहकारीमा धेरैजसो महिलाहरु आवद्ध रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले सहकारीको अनुगमन क्षेत्रलाई धेरै व्यापकता बनाएको बताउनुभयो । अहिले सहकारी एकिकरणको प्रयासमा आफुहरु लागिपरेको उहाँले बताउनुभयो । प्रदेशभरका ३० हजार सहकारी संस्थाहरुलाई एकिकरण गरेर १० हजार सहकारी बनाइने उहाँले दावि गर्नुभयो ।

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

सहकारीको क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । पछिल्लो समय सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर र विश्वसनियतामा बढ्न सकेको छैन । कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । सहकारीले आफ्नो रकम अपचलन गरेको भन्दै बचतकर्चा नै आन्दोलनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*