बागमती प्रदेशमा एक जनाका दरले मन्त्रिपरिषद् विस्तार, मन्त्री आले मगरद्वारा शपथग्रहण

जनपत्र
२० चैत्र २०८०, मंगलवार १०:४१

हेटौंडा । बागमती प्रदेशमा एक जनाका दरले मन्त्रिपरिषद् विस्तार भइरहेको छ । सत्ता गठवन्धनाइ बहुमत पुर्याउनका लागि धौ धौ भइरहेको समयमा बार्गेनीङ गर्दै एक जनाका दरले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नियुक्ती गर्दै प्रदेश प्रमुख यादबचन्द्र शर्माले सपथग्रहण गराउनु भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले नेकपा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आले मगरलाई मन्त्रीमा नियुक्ति गर्नुभएको हो ।

आले मगरलाई मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री पदको पद तथा गोपनियाताको शपथ गराउनुभएको छ । मन्त्रालय पछि तोक्ने गरी आले मगरलाई विना विभागीय मन्त्रीमा नियुक्ति गरिएको छ । आले मगर दोस्रो पटक प्रदेश सभा सदस्य बन्नुभएको हो ।

एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिने भनेर काठमाडौंबाट बोलाइए पनि अन्तिममा निर्णय परिवर्तन भएको भन्दै उहाँलाई फर्काइएको थियो ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी) बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठ छन् । उनीहरु गत चैतमा गठित नेपाली कांग्रेससहितको सरकारमा मन्त्री नियुक्त भएका थिए ।

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । ती मन्त्रालयहरुमा एकीकृत समाजवादी र एमालेबीच भागबण्डाको टुंगो मंगलबार लगाइने तयारी भइरहेको एक सांसदले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*