बाढीका कारण नाइजरमा ५७ को मृत्यु

जनपत्र
२६ भाद्र २०७६, बिहीबार ०६:३१

नाइजरमा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार बाढीले अरू एक लाख ३० हजार जना घाइते भएका छन्। यो तथ्याङ्क जुन महिनादेखिको रहेको उनीहरूको भनाइ छ।

नाइजरमा पछिल्लो समय मौसम धेरै खराब भएको छ। राजधानी र दुर्गम क्षेत्रमा वर्षाले असर पारेको छ। नाइजरको सरकारले मंगलबार वक्तव्य जारी गरेर बाढीका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको हो।
बक्तव्यमा बाढीका कारण १२ हजार घरमा क्षति पुगेको उल्लेख गरिएको छ। त्यसैगरी दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको छ। दक्षिण पश्चिमी मराडी र दक्षिण मध्यजिन्दार क्षेत्रमा सबैभन्दा धेरै बाढीको प्रभाव परेको अधिकारीहरूले जनाएका छन्।
बाढी पहिरोका कारण नाइजरमा गत वर्ष ५६ जनाको मृत्यु भएको थियो भने दुई लाख जना प्रभावित भएका थिए। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*