रौतहटमा दुई समूहबीच विवाद : प्रहरीले ६ राउन्ड गोली चलायो

जनपत्र
२६ भाद्र २०७६, बिहीबार ०६:३०

रौतहटमा दुई पक्षबीच विवाद हुँदा प्रहरीले गोली चलाएको छ। राजुर नगरपालिका–६ स्थित मोहर्म मनाउने क्रममा मुस्लिम समुदायका केही युवाले बुधबार साँझ छठ घाटमा बनाएको मूर्ति भत्काएर झण्डा गाड्न खोजेपछि विवाद हुँदा प्रहरीले हवाई फायर गरेको हो।

तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। प्रहरीले बल प्रयोग गरेपछि भिड तित्तरबित्तर भएको र परिस्थिति सामान्य बनेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए।

अहिले व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता महतोले बताए। प्रमुख जिल्ला अधिकारी र प्रहरी लगायतले दुबै पक्षलाई सम्झाईबुझाई गरिरहेको उनले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*