२० औँ पटक आमा बन्दैछिन् ३८ वर्षीया महिला, डाक्टरसमेत हैरान

जनपत्र
२६ भाद्र २०७६, बिहीबार ०६:२६

एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् रु तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् ।महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।
उनले यसअघि १९ पटक बच्चा जन्माइसकेकी भएपनि अहिले केवल ११ वटा छोराछोरी मात्रै जिवित छन् । उनको उमेरचाहिँ ३८ वर्षको छ । सरकारी अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणका क्रममा लंकाबाई र उनको पेटमा रहेको गर्भ स्वस्थ रहेको पाइएको छ ।अनौठो त के भने उनी यसअघि १९ पटक गर्भवती हुँदा कहिल्यैपनि अस्पताल आएकी थिइनन् र घरमै बच्चा पाएकी थिइन् । उनले २० औँ गर्भमा पहिलोपटक अस्पताल टेकेकी हुन् । उनलाई यो पटक अस्पतालमै भर्ना गरेर सुत्केरी गराउने तयारी छ ।

निकै गरीब परिवारकी लंकाबाईको परिवारका सदस्यहरु भिख माग्ने तथा मजदूर गर्ने काम गर्दछन् । उनीहरु एकठाउँमा नबसी फिरन्ते जीवन बिताइरहेका छन् ।

(एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*