हेटौंडामा निर्माण व्यवसायी महासंघको साधारणसभा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

जनपत्र
१५ चैत्र २०८०, बिहीबार २०:१७

हेटौंडा ।  निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुन भएको छ । हेटौंडामा शुक्रबार र शनिबार सञ्चालन हुने महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरका आतिथ्यतामा हुन लागेको वार्षिक साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, शहरी विकास मन्त्री धनबहादुर बुढा, वाग्मती प्रदेशका मुख्यमन्क्री शालिकराम जम्कट्टेललगायतले सम्बोधन गर्ने कार्यत्रम रहेको महासंघका महासचिव रोशन दाहालले बताए ।

साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी एकहजार ८ सय जना सहभागी हुने विहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*