प्रदेश–३ मा बर्षे अधिवेशन सकियो, दुईवटा बिधेयक पारित

जनपत्र
२५ भाद्र २०७६, बुधबार १९:१७

हेटौंडा । प्रदेश–३ मा को प्रदेशसभाको बर्षे अर्थात बजेट अधिवेशन आज सकिएको छ । हिजो मन्त्रीपरिषदको बैठकले निर्णय गरेर प्रदेश सभामा बर्षे अधिवेशनको अन्त्य गर्नका लागि पत्र पठाइएको थियो ।

प्रदेश सरकारको अनुरोधमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने प्रावधान अनुसार अन्त्य गरिएको हो । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएसंगै राति १२ बजेबाट अधिवेशन अन्त्य हुनेछ ।

यसैगरी आजको बैठकले प्रदेशमा सार्वजनिक नीजि, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र संचालन गर्न बनेको विधेयक २०७६ बहुमतले पारित गरिएको हो ।

बैठकमा  मन्त्री कैलाश प्रसाद ढुंगेलले सार्वजनिक नीजि, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपालले प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र संचालन गर्न बनेको विधेयक २०७६ क्रमश स् पारित गरियोस् भनि प्रस्ताब राखेका थिए ।

उक्त छलफलमा उठेका जिज्ञासाको  ढुंगेलले उत्तर दिँँदै सरकारले निष्पंक्ष र पारर्दशीका सार्वजनिक, नीजि क्षेत्रका सहकारीहरुलाई समन्वय र सहकार्यबाट प्रदेशका दुर्गम भेगका जनताहरुलाई कृषि उत्पादन, पशुपालन एवम् आर्थिक आत्मनिर्भर बढाउने कार्यक्रमललाई प्रभावकारी बनाउँदै लैजान सरकार प्रतिवद्ध रहेको बताए ।

प्रदेशसभाको चौथो अधिवेशन बैठक  २०७६ साल बैशाख ३० गतेदेखि सुरु भई आजसम्म ३२ पटक बैठक संचालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सो अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएकोमध्ये आजको बैठकसम्ममा ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले स्पष्ट गरिएको छ ।

पारित भएको ४१ वटा विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रमाण्किरण गरिसकेकी छिन् ।
प्रदेशसभामा एक स्वतन्त्र सांसदसहित १०९ जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।

प्रदेशसभाको बैठक मुख्यमन्त्री परिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख कोईलाले आज राति १२ बजेबाट अन्त्य गरेकी थिइनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*