आत्महत्याको दर बढेको बढ्यै, दैनिक १५–१६ आत्महत्या

प्रहरी प्रधान कार्यालयकाअनुसार आव २०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर बढेको बढ्यै छ । २०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । आव २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे । त्यो संख्या आव २०७५/७६ मा त्यो संख्इा ५ हजार ७५८ पुग्यो ।
यसमध्ये १८ वर्ष मुनिका ८ प्रतिशत, १९देखि ४० वर्षका ५६ प्रतिशत, ४१ देखि ६० वर्षका २९ प्रतिशत र ६० वर्षमाथिका ७ प्रतिशत रहेका छन् । कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।