आमालाई कुटपिट गर्ने एकजना बन्दुकसहित पक्राउ

जनपत्र
२५ भाद्र २०७६, बुधबार ०६:२७

सिरहामा एकजना रिभल्वर सहित पक्राउ परेको छ।पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका वडा नं. ४ थलाहाकट्टाका ३० वर्षिय कृष्ण यादव रहेको सिरहाका प्रहरी नायव उपरीक्षक अपिल राज बोहराले जानकारी दिए। उनलाई विष्णुपुर गाउँपालिका वडा नं. ५ लक्ष्मीपुरबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेको यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएर थप अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक बोहराले जनाए। घरायसी विवाद हुँदा उनले घरमा गई आमालाई कुटपिट गरी घरको सामान फालिदिएको र लोड नभएको एक रिभल्वर(सिक्सर) लिएर फरार रहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*