चिनीले फोक्सोको संक्रमणलाई राहत दिन्छ !

जनपत्र
२५ भाद्र २०७६, बुधबार ०६:१७

फोक्सोको संक्रमण भएका मानिसहरुलाई चिनी सेवनले ठूलो राहत दिलाउन सक्ने एउटा नयाँ अनुसन्धानले दाबी गरेको छ । युनिभर्सिटी अफ म्यान्चेस्टरका अध्ययनकर्ताहरुका अनुसार चिनीले फोक्सोको प्रतिरक्षात्मक प्रणालीलाई सक्रिय बनाउँदै संक्रमणसँग लड्न मद्दत गर्न सक्छ ।

हाम्रो शरीरका प्रतिरक्षात्मकप्रणालीमा हुने ह्वाइट ब्लड सेलको अध्ययन गर्ने क्रममा उनीहरुले यस्तो पत्ता लगाएका हुन् । यसमा म्याक्रोफेग्स नामक एक किसिमको सेलले प्रतिरक्षात्मक प्रणालीमा भ्याकुम क्लिनर जसरी काम गरि फोक्सोबाट सबै किसिमका फोहोर र हानिकारक जिवाणुहरु हटाउने गर्दछ । यस्तोमा अनुसन्धानकर्ताहरुले गरेको परीक्षणमा सो सेलले ग्लुकोजको सम्पर्कमा आउँदा अनपेक्षित प्रतिक्रिया दिने गरेको पत्ता लागेको हो ।

प्रकाशित ‘जर्नल अफ नेचर इम्युनोलोजी’ मा उल्लेख गरिएअनुसार चिनीले सो सेललाई अझ सक्रिय बनाउने गर्दछ जसपछि प्रतिरोघात्मक प्रणालीले हामीलाई संक्रमणबाट बचाउन सक्नेछ । फोक्सोको संक्रमणका कारण मानिसलाई निमोनिया, एस्थमा, खोकी आदि समस्या हुने गर्दछ । त्यसैले यस अनुसन्धानले प्रतिरक्षात्मक प्रणालीलाई सक्रिय बनाउन सेलहरुले ग्लुकोजको प्रयोग गर्न सक्ने निष्कर्ष निकालेको छ । यस्तोमा ग्लुकोजको स्तरलाई फोक्सोमा परिवर्तन गर्ने तरिकाले भविष्यमा उपचारको रुप लिन सक्ने अनुसन्धानका प्रमुख नेतृत्वकर्ता प्राफेसर एन्ड्रिउ मेकडोनाल्डले बताएका हुन् । तर हाल यसमा चिनीलाई कसरी सेवन गर्न सकिन्छ भन्नेबारे चाहिँ स्पष्ट जानकारी दिइएको छैन । (साइन्स डेली)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*