१३ अंकसँग किन डराउँछन् मान्छेहरु ?

मानिसहरु १३ अंकलाई अशुभ मान्छन् । तर यसको पछाडिको कारण सायद धेरैलाई थाहा छैन होला । तपाईंलाई यसको कारण थाहा छ ? खासगरी पश्चिमा देशहरुमा १३ अंकप्रतिको विकर्षण अचम्मकै छ । धेरै मानिसहरु १३ अंकसँग डराउँछन्, यसको प्रयोगबाट बच्दछन् । पश्चिमा सभ्यतामा १३ अंकलाई अशुभ मान्नुको विशेष कारण छ । उनीहरु महिनाको १३ तारेखलाई अशुभ यसकारण मान्दछन् कि क्रिस्चियन धर्मअनुसार १३ तारेखकै दिन यशु ख्रिस्टमाथि एकजना व्यक्तिले विश्वासघात गरेका थिए । रात्रिभोजका क्रममा विश्वासघात गरेको त्यो व्यक्ति १३ नम्बरकै कुर्सीमा बसेको थियो अरे ।
-एजेन्सीको सहयोगमा