प्रदेश ३ मा लोकसेवा आयोग गठनको बाटो खुल्यो

स्थानीय तहमा भएको कर्मचारी अभावको समस्या हट्ने, पर्याप्त छलफल नहुँदा सांसदहरु रुष्ट
जनपत्र
२४ भाद्र २०७६, मंगलवार १७:४६

हेटौंडा / प्रदेश ३ मा लोकसेवा आयोगको गठन गर्ने बाटो खुलेको छ। मंगलबार प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकु सर्वसम्मतले पारित भएसँगै आयोग गठनको बाटो खुलेको हो।

विधेयकमा ८ जनाले संसोधन प्रस्ताव राखेका थिए। विधयेकमाथि दफावार छलफल भएर प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदनको निर्णयसहित मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा प्रदेश लोकसेवा आयोगको गठन, काम , कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकु सर्वसम्मतले पारित भएको हो।

प्रदेश ३ मा लोकसेवा आयोग गठनको वाटो खुलेसंगै अझै पनि स्थानीय तहमा भइरहेको कर्मचारी अभावको समस्या हट्ने भएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति भएसैगै कर्मचारी भर्नाका लागि पनि बाटो खुल्ने छ ।

पर्याप्त छलफल भएन

प्रदेश ३ का नेपाली कांग्रेसका सांसदले भने विधेयकको प्रतिवेदनमाथिको छलफलमा बोल्दै लोकसेवा आयोग गठनसम्बन्धी विधेयकमा पर्याप्त छलफल नभएको बताएका छन्। कांग्रेसका सांसद न्हुच्छे नारायण श्रेष्ठ र नरोत्तम वैद्यले पर्याप्त छलफलको लागि समय नदिएको बताएका थिए।

जवाफमा मुख्यमन्त्री पौडेलले प्रतिपक्ष भएकोले मात्रै विरोधको लागि विरोध नगर्न आग्रह गर्दै प्रजातन्त्रिक ढंगले पर्याप्त समय र छलफल गरेर विधेयक ल्याएको बताएका थिए। उनले प्रदेश सरकारले छिट्टै निजामती कर्मचारी ऐन ल्याएर सरकारलाई तीव्रता दिनेसमेत बताए। आफूमा दुई तिहाईको दम्भ कहिले नभएको भन्दै प्रतिपक्षको रचनात्मक सहयोगको अपेक्षा गरेको उनले बताए। थाहाखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*