कर्णालीमा कांग्रेसका ३ मन्त्रीले राजीनामा दिंदै

जनपत्र
२२ फाल्गुन २०८०, मंगलवार १२:२६

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो ।

आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिए ।

‘केन्द्रमा समीकरण बदलिएको छ । यस्तो अवस्थामा हामी सत्तामा बसिरहनुको औचित्य नै भएन नि, ‘ उनले भने, ‘हामी आज नै संयुक्त रुपमा मुख्यमन्त्रीज्यूलाई राजीनामा बुझाउँदै छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*