पर्व सुधारका लागि भन्दै गोरखामा भदौमै मनाइयो दशैँ

जनपत्र
२३ भाद्र २०७६, सोमबार ०६:२५

झरी पर्न रोकिएको छैन, बाटोघाटो हिलाम्मे छन् । ठूला चाडबाड अघि पर्ने पितृ पक्ष अर्थात सोह्र श्राद्धसमेत सुरु भएको छैन । नेपाली हिन्दू धर्मावलम्बीहरुको प्रमुख चाड दशैँ सुरु हुन अझै २० दिन जति बाँकी नै छ । धेरैजसोले दशैँमा पुर्ख्याैली थलो योजनासमेत बनाउन भ्याएका छैनन् ।

तर तपाईँलाई अचम्म लाग्न सक्छ, गोरखाका विभिन्न गाउँका बासिन्दाले भने दशैँ मनाइसके । त्यो पनि कुनै परिबन्दमा परेर होइन, मन्दिरमा घटस्थापना गरेर, दैनिक दुर्गा भवानीको पूजा गरेर अनि दशमीको दिन टीका र जमरा लगाएर । एक दुई परिवारले पनि होइन, जिल्लाको सदरमुकामसहित आसपासका १ हजारभन्दा बढीले भदौ २२ गते दशमीको दिन टीका जमरा र प्रसाद ग्रहण गरेर दशैँ मनाएका हुन् । गोरखा सदरमुकामका झण्डै ५ शय र सिरानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा आइतबार दशैँको टीका लगाएर यो वर्षको दशैँ पर्व मनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*