हेटौंडामा आधारभूत तहको विज्ञान हाजिरी जवाफ कार्यक्रम

जनपत्र
२० फाल्गुन २०८०, आईतवार ०६:३९

हेटौंडा । विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा आधारभूत तहस्तरीय विज्ञान हाजिरी जवाफ कार्यक्रम शनिवार चन्द्रोदय मावि हेउनपा ८ मा सम्पन्न भएको छ । कार्यक्रम वडा ८ नंबरवडा कार्यालयको सहकार्यमा समापन भएको हो ।

जिल्लाका २८ टिमले सहभागिता जनाएको कार्यक्रममा सहभागी विद्यालयलाई पालिकागत रुपमा तिन ओटा क्लस्टर बनाइएको थियो र ति क्लस्टरहरूमा प्रतियोगिता हुँदा भुटनदेवी मावि, हेटौँडा ४, कालिका मावि , कैलाश ९ र युवावर्ष गङ्गा आवि , मनहरि ९ उत्कृष्ट हुन सफल भएका थिए ।

स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि हेउनपा वडा नंबर ८ का वडा अध्यक्ष रामकृष्ण थापा रहनुभएको थियो भने विशिष्ट आतिथ्यता हेटौँडा उपमहानगर शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा र विद्यालयका प्रअ जिधराज ढकालको रहेको थियो ।

छनौट चरणबाट ९ विद्यालय छनौट गरि भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य स्ट्यान जिल्ला उपाध्यक्ष भरत पोख्रेलले राख्नुभएको थियो भने सहजीकरण स्ट्यान सचिव सुवास खनालले गर्नुभएको थियो ।

चन्द्रोदय मावि विव्यस सदस्य रामप्रसाद देवकोटा , स्ट्यान प्रदेश सदस्य मनिल कर्ण , नगर अध्यक्ष भुपेन्द्र यादव , नगर सचिव सुदर्शन पौडेल , नगर सल्लाहकार कुमार रुम्बा, नगर कोषाध्यक्ष रविन्द्र राउत , नगर सदस्य ईश्वर रिजाल , शिक्षकहरू अर्चना दहाल , विशाल अधिकारी , रामचन्द्र पौडेल , सविन दहाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष थापाले नवप्रवर्तनात्मक काम गर्नेहरूले वडासँग सहकार्य गर्न चाहेमा वडा सधैँ तत्पर रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*