सोलुखुम्बुमा उडिरहेको हेलिकप्टरबाट सामान खस्यो…

जनपत्र
२२ भाद्र २०७६, आईतवार ०८:०८

सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सामाग्री खसेको छ । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट गएको बिहीबार सामाग्री झरेको स्थानीयले बताएका छन् । केहि समयदेखि फालु विमान स्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतको सामाग्री झरेको उनीहरुको भनाइ छ ।

कैलाश एयरको माइक लिमा कल साइन भएको हेलिकप्टरबाट सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् । उड्दै गरेको हेलिकप्टरबाट सामाग्री झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन् । लापर्वाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थानीयको ध्यानाकर्षण पश्चात् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताउनुभयो । कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने भन्दै यस्ता कार्यमा कम्पनी जिम्मेवार बन्न प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमरियाले आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*