मकवानपुरको मनहरीमा पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बानियाँको फोटो राखेर पाँच दलको बिरोध

हेटौंडा । मकवानपुरको मनहरीमा पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बहादुर बानियाँको फोटो व्यानरमा राखेर पाँच दलले बिरोध प्रर्दशन गरेका छन् । मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेशसभाका सदस्य इन्द्र बहादुर बानियाँ सहितका फोटोहरु व्यानरमा राखेर यस क्षेत्रमा प्रर्दशन गरिएको हो ।
पुल निर्माण गर्नका लागि बानियाँको कम्पनिले ठेक्क लिएपनि काममा धेरैनै ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको लगायतका मागहरु राख्दै आएका पाँच दलले बिरोधको नयाँ शैली अनुसार व्यानरमा फोटो रोखेर प्रर्दशन गरेका हुन् । उनी सहित अरु ठेकेदारहरुको पनि नाम र फोटो राखेर काम सम्पन्न नगरी अलपत्र पारेको निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरिएको नेकपा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभयो ।
मकवानपुरको मनहरी गाउँपालिकामा एक पछी अर्को अनियमितताका विषयमा पाँच राजनैतिक दलहरुले ध्यानाकर्षण गराए पनि पालिकाले कुनैपनि चासो नदेखाएकाले ठेकेदारको फोटो सहित पाँच दलले बिरोध प्रर्दशन गरेका हुन् । मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदिजन्य पदार्थमा गरिएको राजश्व छुट लगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए।
मनहरी गाउपालिकामा भैरहेको योजनाहरूको ढिला सुस्ति, पाँच वटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा भइरहेको निरन्तरको अनियमितता लगायतका विषयमा पाँच राजनैतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण गराईए पनि चासो नदिएपछी चरणबद्ध आन्दोलनमा उत्रिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
यस्तो छ पाँच दलको ध्यानाकर्षणपत्र ।