उपमहानगरपालिकाको सटर प्रयोग गरेर पनि राजश्व रकम नतिर्ने ५ पसल खाली गराइयो

जनपत्र
११ फाल्गुन २०८०, शुक्रबार १५:२५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० वसपार्कमा रहेको पाँच वटा पसल खाली गराइएको छ । उपमहानगरपालिकाको पसल कबल लिएर पनि भाडा नतिर्नेहरुलाई सामान निकालेर खाली गराइएको हो ।

बसपार्कमा रहेका बिभीन्न सटर भाडामा लगाएर उपमहानगरपालिकाले रकम संकलन गर्दै आएको छ । तर, महिनौ देखि भाडा रकम समेत नतिर्ने पाँच वटा पसलका सामान हटाएर खाली गराइएको हेटौंडा उपमहानगरपालिका राजश्वसाखाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौंडा–१० का वडा अध्यक्ष फुर्बा दोर्जे लामाको उपस्थितीमा सटरहरु खाली गराइएको हो । नगरप्रहरी लगाएर पाँच वटा पसलका सामाग्रिहरु बाहिर निकालीदिएर खाली गराइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*