हेटौंडामा दुइ दिने युवा मैत्री स्थानीय तह विकास कार्यक्रम सुरु

जनपत्र
११ फाल्गुन २०८०, शुक्रबार १५:११

हेटौंडा । बागमती प्रदेश युवा परिषद्को आयोजनामा दुइ दिने युवा मैत्री स्थानीय तह विकास तथा प्रोत्साहन प्रबोधिकरण कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुका लागि यो कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले युवाहरुलाई राज्यको नीति निर्माण तहमा काम गर्नेगरी सहयोग गर्न आग्रह गर्नुभयो । धेरै युवाहरुलाई सीप सिकाएको तर, काम गर्ने जनसक्ति अहिले नभएको उहाँले बताउनुभयो । युवाहरु बिदेश गएको समयमा अहिलेनै यहाँनै टिक्नेगरी काम गराउनका लागि मन्त्री मुक्तानले आग्रह गर्नुभयो ।

स्थानीय सरकार र प्रदेश सरकार मिलेर युवाहरुको क्षेत्रमा काम गरिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेश युवा परिषद्ले युवाहरुको क्षेत्रमा काम गरिरहेको र स्थानीय तहले पनि यसक्षेत्रमा सहकार्य गरेर काम गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रम भोली सम्म चल्ने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*