साम्राज्ञी र धिरजको जोडी रहने ‘रुमानी रङ्ग’ निर्माण घोषणा

जनपत्र
११ फाल्गुन २०८०, शुक्रबार ०६:२१

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको जोडी रहने रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने सिनेमामा मार्फत साम्राज्ञी र धिरजले दोस्रो पटक पर्दामा एकसाथ रोमान्स गर्न लागेका हुन् । यसअघि दुबैले ‘इन्टु मिन्टु लन्डनमा’मा एकसाथ काम गरेका थिए ।

राजधानीमा आज एक कार्यक्रमका बिच घोषणा भएको सिनेमामा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा सिनेमा निर्माण हुन लागेको हो ।

सिनेमामा आविष्कार बहुसंचार प्रालिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ।

सिनेमाको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ । सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ।

सिनेमाले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुस्खसमेत देखाउनेछ।

वैशाखको पहिलो साताबाट फ्लोरमा जाने सिनेमामा महेश पौडेलको सिनेम्याटोग्राफी रहने छ । सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता हुन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*