भुटानी जेलमा रहेका राजनीतिक बन्दी रिहाइका लागि विभिन्न संस्थाको अपिल

जनपत्र
१० फाल्गुन २०८०, बिहीबार १५:४२

काठमाण्डौ – भुटानका विभिन्न जेलमा रहेका राजनीतिक बन्दी रिहाइका लागि ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) ले अपिल गरेको छ । जीसीआरपीपीबीले राजनीतिक कैदीकी आमा डम्बरकुमारी अधिकारी तथा ओमनाथ अधिकारीलाई अपिल हस्तान्तरण पनि गरेको छ ।

जीसीआरपीपीबीका तर्फबाट राम कार्कीले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा मानव अधिकार संस्था वाच तथा जीसीआरपीपीबीले गरेको अनुसन्धानमा भुटानको विभिन्न जेलमा ३५ जना राजनीतिक बन्दीहरु रहेको पाइएको र उनीहरुको शीघ्र रिहाइको लागि अपिल गरिएको हो ।

भुटानमा सन् १९९० देखि २००८ सम्मको विभिन्न राजनीतिक क्रियाकलापमा संलग्न भएको आरोपमा बन्दी बनाइएका हुन् । बन्दीहरुले भुटानमा सन् २००७ मा संवैधानिक राजतन्त्रको व्यवस्थासँगै आममाफी दिएर मुक्त गरिने आशा गरिए पनि उनीहरु अहिलेसम्म बन्दी जीवन बिताउन बाध्य बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

शरणार्थीका रुपमा विभिन्न आठ वटा देशमा पुनर्वास भएर त्यही देशको नागरिकता प्राप्त गरे पनि आफन्तले जेल जीवन बिताउनु पर्दा विकसित देशमा सबै सुविधा प्राप्त गरे पनि सधैँ अपूर्ण महसुस गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

पुर्नवासपछि आईसीआरसीले जेलमा रहेका आफन्तसँग भेटघाट बन्द गराएपछि झनै दुःखित भएको कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बाँकी जीवन शान्तसँग बिताउनका लागि भुटानी राजा समक्ष आफन्तहरुलाई भुटानी जेलबाट रिहाइका लागि विज्ञप्तिमा हार्दिक अपिल गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*