राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा

काठमाण्डौ – दाङ घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले ३० शय्याको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
प्रतिष्ठानका डाक्टर, कर्मचारी, नर्स, स्वास्थ्यकर्मीहरुको सामूहिक पहलमा प्रतिष्ठानको सेवा विस्तार भइरहेको भन्दै अस्पताल सेवालाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न कामहरु अघि बढाइरहेको उहाँले बताउनु भयो ।