हेटौंडाको हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय

जनपत्र
२१ भाद्र २०७६, शनिबार १८:०४

हेटौंडा । मानव बेचबिखन रोक्नका लागि हटियाका स्थानीय समुदाय सडकमा निस्कीएका छन् । मानब बेचबिखन रोक्नु जघन्य अपराध भएकाले यसलाई रोक्नका लागि स्थानीय समुदायहरु जगरुप भएका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा आज १३ औ राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसका अवसरमा ¥याली निकालीएको हो ।


सृर्जनशिल नेपाल संस्थाको आयोजना तथा हेटौंडा १६ को वडा कार्यालयको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव बेचबिखन बिरुद्धका बिभीन्न प्लेकार्ड सहित हेटौंडा १६ का केही टोल परिक्रमा गरिएको थियो । कार्यक्रममा हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले मानव बेचविखन मुक्त समाज निर्माणका लागि वडाले महत्वपूर्ण भूमिका खेल्ने वताउनुभयो ।

बेचविखनको समस्या निकै जटिल रहेको उहाँले वताउनुभयो । कार्यक्रममा सृजनशिल नेपालका अध्यक्ष शान्ता वरालले मानब बेचबिखन रोक्नका लागि सबै एकतावद्ध हुनुपर्ने वताउनुभयो । सबै एक भएर लागेमा बेचविखनको अन्त्य गर्न सकिने उहाँको भनाई छ । कार्यक्रममा टोलका आमा समुह, महिला समुह, सुरक्षा निकाय, शिक्षक, बिद्यार्थी लगायतकाको सहभागिता रहेको सृजनशिल नेपालका कार्यक्रम संयोजक सृजना पाठकले जानकारी दिनुभयो । ¥यालीमा २ सय ५० जना भन्दा बडीले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*