मकवानपुरमा मातृभाषामा हैन, अग्रेजी माध्यममा शिक्षा दिउँ

मातृभाषाबाट अध्यापन गराएर तामाङ बालबालिकालाई अध्याँरो कुनामा राख्न चाहदिनथेँ । पछाडी पारिएका समुदायलाई मातृ भाषामा अध्यापन गराएर मख्ख पार्ने तर, गाउँमै सिमीत राख्ने बाठाहरुको योजना बिफल बनाएँ ।
गिता तिमल्सीना
२१ भाद्र २०७६, शनिबार १२:५७

मकवानपुर । नेपाल सरकारले सरकारी बिद्यालयको प्राथमिक तहमा मातृभाषामा अध्यापन गर्नु पर्ने नियम १३ वर्ष अगाडी  ल्यायो । ‘शिक्षा तथा खेलकुद सम्वन्धी केही नेपाल ऐन संसोधन गर्ने ऐन २०६३ अनुसार शिक्षाको माध्यम प्राथमिक शिक्षा मात्रृभाषामा दिन सकिने छ ।’ भनिएको छ । त्यो ऐन संसोधन गरिएपछी त्यती बेलाको तत्कालिन जिल्ला शिक्षा कार्यालय मकवापनुरले धेरैजसो प्राथमिक बिद्यालयका शिक्षकहरुलाई भातृभाषाबाट अध्यापन गराउनका लागि पाँच दिनका दरले सबैलाई तालिम पनि दियो ।

शिक्षा कार्यालयले दिएको तालिममा म पनि २०६६ साल जेठ २१ ग्ते देखि पाँच दिन सम्म मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ देउरालीमा रहेको उज्वल प्राथमिक बिद्यालयका तर्फबाट सहभागि भएँ । पाँच दिन सम्म तामाङ भाषामा बिद्यार्थीलाई कसरी अध्यापन गराउने कुरा सिकें । मेरो बिद्यालयमा पनि सबैजसो तामाङ बिद्यार्थी । तालिम पछी केही दिन तामाङ समुदायका बिद्यार्थीलाई मातृभाषामा अध्यापन गराउन सुरु गरे । अधिकांश तामाङ बाहुल्यता भएको यस गाउँमा तामाङ भाषामा अध्यापन गराउँदा बिद्यार्थी र अभिभावकत खुसी भए । हाम्रो भाषाको कदर गरेको भन्दै उनीहरुको मुहारमा खुसी पनि देखे । मलाई उनीहरुले खुसी पनि व्यक्त गरे ।

बिद्यार्थीलाई मात्रृभाषामा पढाउनेकी अग्रेजी भाषा सिकाउने ?

करिव एक महिना जती मातृभाषाको रुपमा यहाँका समुदायलाई तामाङ भाषामा निकै कठिनाइका साथ सिकाउने र पढाउने कोसीस गरे । तर, मलाई मतृभाषामा यहाँका बालबालिकालाई पढाएको आफैलाई चित्त बुझेन । मेरो छोरा र छोरी अग्रेजी भाषा पढ्ने अनी म अरुका छोरा छोरीलाई किन यही गाउँ र टोलमानै सिमीत रहनेगरी मातृभाषामा अध्यापन गराईरहेछु भन्ने प्रश्न मेरो मनमा उव्जी रहयो ।

पेट पनि पोल्न थाल्यो । अनी मलाई दिएको तालिम, मैले पाँच दिन तालिमका लागि खर्च गरेको समय बेकार भएको महसुस गरे । अनी निर्णय लिए । मातृभाषा हैन । अग्रेजी भाषालाई जोड दिनुपर्छ । देउरालीमा रहेका करिव ५० घर मध्यमा ३० घरका तामाङ समुदायले आफ्ना छोरा छोरीलाई बिद्यालय पठाउँथे । उनीहरुले आफ्नो मातृभाषा बोल्न सकेपनि व्यावहारीक रुपमा पछीका लागि समस्या थियो ।

भातृभाषाबाट अध्यापन गराएर तामाङ बालबालिकालाई अध्यारो कुनामा राख्न चाहदिन

सरकारले ल्याएको योजना ल्याएर म जस्तै देशभचरीका शिक्षकलाई तालिम दिदा सम्म करोडौ रुपयाँ रकम पनि सकियो । म स्नाकोत्तर तह पास भएको शिक्षक प्राथमिक तहमा अध्यापन गराउँदै छु । तै पनि बिद्यार्थीलाई झनै अध्यारो कुनामा किन धकेल्नु भनेर सधैको कौतहलता मेट्नका लागि मैले मातृभाषामा हैन बिद्यार्थीलाई अग्रेजी शिक्षामा जोड दिनुपर्छ भन्ने ठाने । पहिलेत सरकारले ल्याएको योजना म सरकारी शिक्षकलेनै किन लत्याउनु जस्तो पनि लाग्यो । तर, मैन मैले स्वबिबेक प्रयोग गर्नुपर्छ भन्ने पनि लाग्यो ।

मैले सायद उनीहरुको मातृभाषामा अध्यापन गराएको भए । गाउँमा, घरमा मातृभाषानै बोल्थे, बिद्यालयमा पनि मातृभाषा मात्र बोलेको भए त्यका बालबालिका आफ्नै वडा र गाउँपालिका सम्म पनि गएर बोल्न, छलफल गर्न, अरु बिद्यार्थी संगै बसेर पढ्न पनि सहज हुने थिएन । तर, अग्रेजी शिक्षालाई जोड दिएपछी त्यहाँका बिद्यार्थी आफ्नै गाउँको भाषामा रुमलिने भन्दा पनि कम्तीमा नेपालभरी बिक्ने नेपाली भाषा त बोल्न सक्ने भएका छन् । अग्रेजी बोल्न नसकेपनि सिकाईमा केही फरक त भएको छ ।

पछाडी पारिएका समुदायलाई मातृ भाषामा अध्यापन गराएर मख्ख पार्ने तर, गाउँमै सिमीत राख्ने बाठाहरुको योजना

त्यतीबेला मातृ भाषा, दलित, जनजाती जात जातीनै पिच्छे आफ्ना हक अधिकारका कुरा धेरैनै उठेको थियो । केन्द्रमा अधिकार दिने बहस पनि नभएको होइन । अधिकार त टाठा, बाठा सरकारको नेतृत्व गरिरहेका बाहुन, क्षेत्री समुदायले दिए । तर, गाउँमै सिमीत राख्ने र मातृभाषामा पढाई हुने भनेर बिभीन्न जात जातीहरुलाई मख्ख बनाइयो ।

पछाडी पारिएका समुदायलाई मातृभाषामा अध्यापन गराएर मख्ख पार्ने तर, गाउँमै सिमीत राख्ने बाठाहरुको योजना हो की भन्ने मलाई लाग्यो । अहिले पनि ताज जातीको चर्को नारा लाग्छन् । बिभीन्न पछाडी पारिएका समुदायहरु मकवानपुर सहित देशै भरीका गाउँ गाउँमा वस्छन् । बिशेषत जनजाती, दलित समुदाय बिकट क्षेत्रमा बसोबास गर्छन । उनीहरुका लागि भातृ भाषाको शिक्षा होइन अग्रेजी माध्यमको शिक्षा अहिलेको आवश्यक्ता हो ।

अग्रेजी माध्यमले बिश्वभरी प्रतिस्पर्धा गर्न सक्छ, नेपाली माध्यमले सक्दैन

म कक्षा १ देखिनै गढी गाउँपालिकाको सरकारी बिद्यालयमा नेपाली माध्यममा शिक्षा हासिल गरे । क्याम्पस स्तरमा पनि खासै अग्रेजी पढ्नु परेन । दुखै गरेर भएपनि छोरा छोरीलाई अग्रेजी माध्यम अध्यापन गर्ने बिद्यालयमा पढाएको छु । तर, मेरालागि देश, बिदेश घुम्दा, कुनै पनि नजानेका कुरा सिक्दा गुगलमा सर्च गर्ने खासै ध्यान जाँदैन । छोरा छोरी अहिलेनै अग्रेजी बोल्छन् । कुनै कुरा नजानेमा गुगल सर्च गर्छन ।

अग्रेजी गित सुन्छन् । बिदेशका कुनै पनि कुनामा पुग्दा भाषाको कुनै समस्या हुन्न । सजिलै कुराकानी गर्ने र काम गर्न सक्छन् । त्यसैले सबै सरकारी बिद्यालयले भातृभाषा, नेपाली भाषा भन्दा पनि अग्रेजी माभ्ध्यममा शिक्षा दिनुपर्छ । मकवानपुरमा दिएको तालिम मैले लिएर कार्यान्वयन गरिन । अरुले पनि जिल्लामा खासै कार्यान्वयन गरेको देखिन । देशैभरी सरकारले मातृभाषा लागू गराउनका लागि दिएको तालिम प्रभावकारी बन्यो । तर, कार्यान्वयन नहुँदा लाखौ बाल बालिका अव गाउँमै सिमीत हुन परेन । बिदेशमा नसकेपनि कम्तिमा नेपालमानै प्रतिस्पर्धा गर्न सक्ने भएका छन् । (जनपत्रका लेखक उज्वल प्राथमिक बिद्यालयका शिक्षीका हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*