अब ‘सयौं थुँगा…’ गाएर मात्रै पशुपतिमा आरती !

जनपत्र
२१ भाद्र २०७६, शनिबार ०६:२४

चलचित्र हल र पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुपर्ने सरकारको नयाँ नियम सुनेर राष्ट्रिय गान छनोट समितिका संयोजक सत्यमोहन जोशी छक्क परेका छन्। उनी भन्छन्, ‘राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन।’

सरकारले आगामी संविधान दिवस (असोज ३) देखि चलचित्र हलमा चलचित्र र तत्कालै लागू हुने गरी पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनैपर्ने र राष्ट्रिय झन्डा फहराउनुपर्ने निर्णय गरेपछि अनेक टिप्पणी भइरहेका छन्।

सामाजिक सञ्जालमा यसलाई लोकतान्त्रिक गणतन्त्रमा पञ्चायती राजको झल्को भनेर टिप्पणी गरिएको छ। ‘पारि किनारमा राखिएको लासलाई श्रद्धाञ्जली र शोकाकुललाई समवेदना। त्यो वातावरणमा ‘सयौं थुँगा…’ राष्ट्रगानको यो जस्तो दुरुपयोग अरू के हो।’ सामाजिक सञ्जालमा प्रतिक्रिया छ, ‘राष्ट्रिय गानलाई नाचगान बनाउन खोजिँदै छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा पशुपति मन्दिरमा एक साताअघि प्रत्येक दिन साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाउन थालिएको हो।

यो खबर आजको कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*