पानी भनेर एसिड पिलाउने योजना विफल भएपछि मुस्कानमाथि एसिड प्रहार

जनपत्र
२१ भाद्र २०७६, शनिबार ०६:२२

वीरगञ्जमा शुक्रबार बिहान भएको एसिड प्रहारको घटनामा मुस्कानलाई सुरुमा पानी भनेर एसिड पिलाउने प्रयास भएको खुलासा भएको छ । मुस्कानले पिउन नमानेपछि उनीहरुले मुस्कानलाई एसिड प्रहार गरेका थिए ।

पहिला पानी भनेर एसिड पिउन लगाउन खोजिएको तर पिउन नमानेपछि छ्यापिएको जानकारी आफूलाई भतिजीले दिएको मुस्कानका ठूलो बुवा भुलन मियाँले बताए । मियाँले घटनापछि नारायणी अस्पतालमा मुस्कानसँग आफ्नो कुराकानी भएको बताए । ‘उनी विहानी कक्षामा अध्ययनका लागि एक्लै विद्यालय जाँदै थिईन, उनीहरु पूर्व योजनाका साथ एसिड लिएर आएका रहेछन्,’ उनले भने, ‘प्लाष्टिकको जगमा एसिड लिएर बसेका उनीहरुले मुस्कानलाई आउ पानी खाउ भनेका रहेछन्, तर उनले ‘मलाई पानी खानु छैन तपाईँको पानी तपाईँ नै खानुस’ भनी हिँड्न लाग्दा उनी माथि एसिड प्रहार गरेर उनीहरु भागे छन् ।’

एसिडले पोलेर मुस्कान रुन कराउन थालेपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेको र प्रहरीले उद्धार गरेर नारायणी अस्पताल पु¥याईएको थियो । नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि उनको थप उपचार किर्तिपुर अस्पतालमा भइरहेको छ । घटनामा संलग्न अर्का एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज छपकैयाबाट १६ वर्षीय माजिद आलम अपरान्ह पक्राउ परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*